म्यानमारमा आएको मोखाआँधीका कारण पाँचजनाको मृत्यु


म्यानमारमा आइतबार आएको भीषण चक्रवात मोखाका कारण पाँचजनाको मृत्यु भएको छ ।

राज्य प्रशासन परिषद्का अध्यक्ष मीन आङ ह्लिङले सोमबार दिएको जानकारीअनुसार आधी शक्तिशाली भए पनि कम क्षति पुगेको र राम्रो प्रतिरोधी व्यवस्थाको तयारी गरिएको बताएका छन् ।

आँधीबाट मृत्यु हुनेमा शान राज्यको ताचिलेक टाउनसिपका दुईजना, राखिन राज्यको सिट्वे र तौनगुप सहरका एक–एक जना र अय्यारवाडी क्षेत्रको येकी सहरका एकजना रहेको बताइएको छ । सञ्चारमाध्यमका अनुसार मोखा चक्रवातले ८६४ घर, ११ धार्मिक भवन, १६ गुम्बा, ६४ विद्यालय, १४ अस्पताल,  सात टेलिकम टावर, ७१ ल्याम्पपोस्ट र ३८ विभागीय भवनमा क्षति पुर्‍याएको छ ।

मोखा प्रभावित क्षेत्र र राज्यहरूमा राखिन, अय्यारवाडी, बागो, याङ्गुन, मगवे, सागाइङ, चिन, मण्डले र नेपी ताव काउन्सिल क्षेत्र लगायत रहेका छन् । मोखा आइतबार पश्चिमी म्यानमारको रखाइन राज्यको सिट्वे नजिकै १३० माइल प्रतिघण्टा (लगभग २०९ किलोमिटर प्रतिघण्टा) को गतिमा आएको र देशका झण्डै ५०० वडा र गाउँहरूमा व्यापक धनजनको क्षति पुर्‍याएको बताइएको छ । राखिन र चीन राज्यका सहरहरूमा थप हताहती र सम्पत्तिको क्षतिबारे अध्ययन अनुसन्धान भइरहेको छ ।म्यानमारले सोमबार रखाइन राज्यका १७ वटा टाउनशिपलाई प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र घोषणा गरेको छ । साथै मोखा चक्रवातका कारण दक्षिणपूर्वी एसियाली देशमा सबैभन्दा ठूलो धनजनको क्षति भएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *