नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह हो : स्वर्णिम वाग्ले


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह नै भएको बताएका छन् ।

आइतबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा वाग्लेले अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र संगठित अपराध भएकाले यसको गाम्र्भीयता राजद्रोह भएको बताए ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय अभिसन्धिलाई टेकेर यसलाई उचाइमा पुराउनुपर्ने उनको भनाइ छ । उनले नेपालबाट सिर्जित भएको काण्डका कारण अमेरिकामा रहेका नेपालीहरुको विषय भएकाले यसलाई सामसुम हुन दिन नहुने जिकिर गरे ।

अन्य सेटिङ र भ्रष्टाचारहरुलाई पनि गहिरो गरी अनुसन्धान गर्नुपर्ने उनले बताए । वाग्लेले तनहुँ १ मा राजनीतिलाई संग्लो पार्ने मुद्दा बोकेर गएको र जनताले पनि देशै सपार्नुपर्छ भन्ने सन्देश दिएको धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *