नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश पारित


नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नबौ बार्षिक साधारणसभा धादिङ्गको धादिङ्गवेशी स्थित धादिङ्ग क्रिक रिसोर्टमा २०८० बैषाख १५ गते सम्पन्न भएको छ । सन्चालक समितीका अध्यक्ष केशव प्रसाद आचार्यको अध्यक्षतामा वसेको साधारण सभाले आ.व.२०७८।०७९ को नाफावाट शेयरधनीलाई १५ प्रतिशतले हुन आउने रु.८८००१२४६।०३ बोनस शेयर जारी गरि संस्थाको चुक्ता पुंजी रु. ६७४६७६२१९।५३ पुरयाउने प्रस्ताव पारित गरेको छ । साथै सभाले आ.व.२०७८।७९ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सहितको बित्तीय विवरणहरु पारित गरेको छ ।

२०७९ चैत्र सम्ममा देशको सात वटै प्रदेश हिमाल, पहाड र तराईमा गरि ६४ वटा जिल्लामा १०१ वटा शाखा कार्यालय मार्फत करिव १ लाख ५० हजार  विपन्न परिवारलाई सेवा पुरयाईरहेको छ । यस्तै यस अवधीमा संस्थाले ८१ हजार भन्दा बढि सदस्य हरुलाई विभिन्न परियोजना संचालन गर्नका लागि रु ११ अर्ब २६ करोड कर्जा लगानीमा रहेको छ  । सदस्यहरुबाट कुल बचत ३ अर्ब २३ करोड संकलन गर्न सफल भएको साथै संस्थाले एक वर्ष अगाडी महिला सहयात्रा लघुवित्तलाई मर्ज गरि हाल समिट लघुवित्त संस्थालाई गाभिने प्रकृयामा रहेको जानकारी सभालाई गराइएको थियो ।

कार्यक्रममा संस्थापक शेयर धनि डा. सुमित्रा मानन्धर गुरुङ, प्रकाश भुषाल, शान्ता लक्ष्मी श्रेष्ठ, संगिता लामा तथा अन्य शेयरधनी शिव प्र. पौडेल, चन्द्र नारायण श्रेष्ठ, डमरु वल्लव घिमिरे तथा दिपक प्रधान ले अध्यक्षको प्रतिवेदन माथि मन्तव्य, सुझाव तथा उत्तरोतर प्रगतीको कामना सहितको मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *