अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय खारेज गर्न एमालेको माग


नेकपा (एमाले)ले अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय खारेज गर्न माग गरेको छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले आजको प्रतिनिधिसभा बैठकमा आर्थिक संकट भएका बेला राज्यको ढुकुटीको दोहन भएको बताए।

“माओवादीको अयोग्य लडाकुका नाममा ४८ सय व्यक्तिलाई राज्य कोषको ढुकुटीबाट दुई–दुई लाख नगद निकालेर बाँड्ने चलखेल हुँदै छ । कार्यविधि बनाएर पैसा बाँडिदैछ भन्ने सुनिएको छ,” उनले भने ।

उनले सत्य निरुपणको बाँकी काममा सरकारलाई ध्यान नभएको बताए । तत्कालीन माओवादी नेतृत्वले ९५ करोड बुझेर लगेको पैसा कहाँ गयो भन्ने विषय अनुतरित नै रहेको बताए । राज्य कोषबाट दोहन भएको भन्दै स्वीकार नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *