समयमा काम नगर्ने दश निर्माण कम्पनी कालोसूचीमा


तोकिएको समयमा काम नगर्ने दश निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमनको कार्यालयले दश निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।

एसएएस कन्स्ट्रक्सन प्राली, धुलिखेल युनिक जेभी, फेव नेपाल प्राली, कन्या कालिका स्टिल फर्निचर, नागार्जुन शंकरमाली जेभी, शंकरमाली निर्माण सेवा र ओम शान्ती निर्माण सेवा कालोसूचीमा परेका हुन् । त्यस्तै, रेडलाइन कन्स्ट्रक्सन कम्पनी, सेफ मेटल कन्स्ट्रक्सन, सिरुवा कविर सुनकोशी जेभी र वाईपी रफिना जेभी कम्पनी कालोसूचीमा परेका छन् ।कालोसूचीमा परेका कम्पनीहरुले तीन महिनादेखि तीन वर्षसम्म कुनै पनि निर्माणका काममा सहभागी हुन पाउने छैनन । यी कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारशाहीमा भाग लिन नसक्ने समेत सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *