संसद् विघटनको तीन दलले मिलेर प्रतिवाद गर्ने


संसदमा प्रतिनिधित्व गर्ने तीन प्रमुख दल नेकपा, कांग्रेस र जसपाले प्रतिनिधि सभा विघटनको संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

नेकपाको प्रचण्ड -माधव नेपाल पक्ष, कांग्रेस र जसपा नेताहरूको कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी निर्णयको प्रतिवाद मिलेर गर्ने निर्णय गरेको हो ।
बैठकमा नेकपाबाट माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ, कांग्रेसबाट रामचन्द्र पौडेल, बालकृष्ण खाण र मिनेन्द्र रिजाल तथा जसपाका तर्फबाट डा. बाबुराम भट्टराई र राजेन्द्र महतो लगायत सहभागी थिए ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *