सोमबार २४ अर्ब ७० करोड आन्तरिक ऋण उठाउने तयारी

नेपाल राष्ट्र बैंकले सोमबार झन्डै २५ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले वैशाख ४ गते सोमबार २४ अर्ब ७० करोडको ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ७ अर्ब ७० करोडको ट्रेजरी बिल, १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल, र ३६४ दिन अवधिको ७ अर्बको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । ९१ दिन अवधिको ७ अर्ब ७० करोड मध्ये २ अर्ब ५० करोडको ट्रेजरी बिल नयाँ हो । त्यस्तै ३६४ दिन अवधिको ७ अर्बको ट्रेजरी बिल पनि नयाँ हो । यसरी कुल ९ अर्ब ५० करोडको ट्रेजरी बिल नयाँ हो भने १५ अर्ब २० करोडको बिल यस अघि जारी गरिएका पुरानो ट्रेजरी बिलको नवीकरण हो ।
सोमबारको बोलकबोल गरेपछि राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ।
राष्ट्र बैंकले यस अघि चैत्र २७ गते ट्रेजरी बिल बोलकबोल गरेको थियो ।