सत्ता गठबन्धनबाट सरकारको न्यूनतम साझा कार्यक्रम पारित


सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकबाट सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा अनुमोदन गरिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकबाट न्यूनतम साझा कार्यक्रम पारित गरिएको हो ।

गठबन्धनमा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासहितको मस्यौदा कार्यदल गठन गरिएको थियो । कार्यदलले केही हप्ताअघि नै बुझाएको न्यूनमत साझा कार्यक्रमको मस्यौदा गठबन्धनका शीर्ष नेताको बैठकले अनुमोदन गरेको हो ।

“सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पारित भएको छ,” लोसपा नेता श्रेष्ठले बाह्रखरीसँग भने, “आजै संसद्को बैठकपछि साँझ ५ देखि साढे ५ बजे सिंहदरबारमा सार्वजनिक गरिनेछ ।”

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने समय ५ बजे भनिए पनि संसद्को बैठक कति समय चल्छ, त्यसका आधारमा केही समय ढिला हुन सक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *