रवि लामिछानेको राहदानी विवाद मुद्दामा भएन अन्तरिम आदेश
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादसँग जोडिएको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ।
सर्वोच्च अदालतमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा आज दिनभर सुनुवाईपछि कारण देखाउन आदेश जारी भएको हो। अदालतले अन्तरिक आदेश दिन अस्वकार गरेको हो।
अधिवक्ता युवराज पौडेल ‘सफल’ ले आइतवार अदालतमा निवदेन दिएका थिए। सोमवार निवेदन दर्तासँगै बुधवारलाई पेशी तोकिएको थियो। रवि लामिछानेको राहदानी विवादमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णयविरुद्ध अधिवक्ता सफल अदालत पुगेका हुन्। अदालतले महान्यायिवक्ता कार्यालयसँग मुद्दा नचलाउनुको कारण मागेको छ।
लामिछानेको यसअघि नागरिकता विवादमा अदालतले सांसद पद खारेज गर्ने निर्णय गरेको थियो। चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेको पद खारेज भएपछि वैशाख १० गते उपनिर्वाचन हुँदैछ। निर्वाचनमा लामिछानेले उम्मेद्वारी दर्ता गराइसकेका छन्।