भीम रावलसँग वार्ता गर्न एमालेले बनायो वार्ता टोली


नेकपा एमालेले नेता भीम रावलसँग वार्ता गर्न वार्ता टोली बनाएको छ । नेकपा एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा वार्ता टोली बनाएको हो । बैठकपछि जारी निर्णयमा भनिएको छ, “बैठकले पार्टीका पूर्व उपाध्यक्ष भीम रावलसँग कुराकानी गरी पार्टीमा आवश्यक सुझाव दिनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा पार्टीका सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा रहनुभएको वार्ता टोली गठन गरेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *