यमनमा सेना र हुथी विद्रोहीबीचको भिडन्तमा ११ को मृत्यु


यमनको दक्षिणी प्रान्त लाहजमा यमनी सरकारी सेना र हुथी विद्रोहीबीच मंगलबार बिहान भएको झडपमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

“सरकार नियन्त्रित प्रान्त लाहजको अलकार्ब क्षेत्र वरपर थुप्रै सशस्त्र हुथी आक्रमणकारीहरू र सरकारको चौथो ब्रिगेडका सिपाहीहरू बीच भीषण झडप भयो,” स्थानीय सैन्य अधिकारीले नाम नछाप्ने सर्तमा भनेका छन् ।

झडपमा ६ हुथी लडाकु र पाँच सरकारी सैनिकको मृत्यु भएको बताइएको छ ।   घटनाबाट नजिकैका गाउँहरूमा  ठूलो संख्यामा स्थानीय बासिन्दाहरूलाई घरबारविहीन बनाएको छ ।

झडपपछि स्थानीय सरकारी अधिकारीहरूले आफ्ना सेनाहरूलाई सतर्क रहन र यमनी सरकारको अस्थायी राजधानी एडेन नजिकै रहेको लाहजमा हुथीहरूको आक्रमणलाई रोक्न आदेश दिएका छन् । यसैबीच अन्तर्राष्ट्रिय समुदायको आह्वानका बाबजुद पनि हुथीहरूले सरकार नियन्त्रित प्रान्तहरूमा आफ्नो भूमिगत सैन्य आक्रमण जारी राखेका छन्।

मारिब र शाब्वाको तेल सम्पन्न प्रान्तहरूमा हुथी आक्रमणको संख्यामा वृद्धि भएपछि यमनको सरकारले शुक्रबार युद्धग्रस्त अरब देशमा पूर्ण मात्रामा सैन्य द्वन्द्वमा फर्किने सम्भावित चेतावनी दिएको छ । गत वर्ष अप्रिलमा संयुक्त राष्ट्रसंघले मध्यस्थता गरेको युद्धविराम छ महिनापछि समाप्त भएपछि यमनले स्थानीय युद्धरत गुटहरूबीच छिटपुट सशस्त्र टकराव बेहोरिरहेको छ।

सन् २०१४ देखि यमन विनाशकारी गृहयुद्धमा फसेको छ ।  हुथीहरूले अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार र यसको सहयोगीहरू, (जसमा साउदी अरेबियाको नेतृत्वमा गठबन्धन बनेको छ)  विरुद्ध लडिरहेको छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *