प्रचण्ड नेतृत्वको सरकार माओवादीको मात्रै हो ?


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ‘माओवादी केन्द्रको मात्रै सरकार हो’ भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रूपन्देहीको जिल्ला अधिवेशनलाई भैरहवामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रचण्ड नेतृत्वको सरकारले हतारमा सशस्त्र युद्धमा ज्यान गुमाएका व्यक्तिहरूको नाम प्रकाशित गरेको र त्यो सूचीमा जीवित मानिसको नामसमेत रहेको बताए ।

उनले भने, “उनीहरूलाई देशको अवस्थाको बारेमा होइन, पार्टीको बारेमा चिन्ता छ ।”

उनले देशलाई दुर्घटनाबाट बचाउन राजनीतिलाई सुधार गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिमा महिलाको हस्तक्षेपकारी भूमिका हुनुपर्ने बताए । उनले नेपालको राजनीतिमा इमान्दारिता र नैतिकता जीवित छ भन्ने उदाहरण प्रस्तुत गर्दै राप्रपा सरकारबाट बाहिरिएको बताए । अब राप्रपा सशक्त ढंगले सदन र सडकमा अघि बढ्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *