एनआईसी एशिया बैंकको सेवा दुई दिनसम्म बन्द हुने


एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबार राती देखि आइतबार राती १२२ बजेससम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ,‘यस बैंकको कार्ड सेवा (डेबिट/क्रेडिट/प्रिपेड) को स्विच अपग्रेशन/माइग्रेशन गनुएपर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम÷पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने छ ।’

कार्ड सम्बन्धी सेवा अवरुद्ध हुने समयमा मोबाइल बैंकिङ तथा अन्य माध्यमबाट प्रवकाह हुने सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ ।

बैंकले आफूले गर्न लागेकोयस प्रकारको अपग्रेडका कारण ग्राहकहरुमा पर्न गएको असुविधा प्रति क्षमा याचना गरेको छ । त्यसैगरी सो बैंकले यसबारे थप जानकारीका लागि भन्दै सम्पर्क नम्बरहरुसमेत उपलब्ध गराएको छ । त्यसबाहेक बैंकका हाखा प्रबन्धकहरुसँग सम्पर्ब गरेर परेका अप्ठ्याराहरुमा सहजता खोज्न सकिने पनि बै.कले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *