नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव कायमै


नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव कायमै रहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख सात हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज १२ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ५ सय रुपैयाँ रहेको छ ।    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *