प्रचण्ड जंगबहादुर शैलीमा, प्रधानमन्त्री भएको भोलिपल्टै इमान छाडे


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जंगबहादुरको संज्ञा दिएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा ओलीले यस्तो बताएका हुन् ।

“लेफ्टहरू मिल्नु हुन्न भनेर सिकाइरहनुभएको छ । उहाँ जुनको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँबाहेक अरूमा केही दोष छैन । प्रधानमन्त्री जंगबहादुर शैलीमा, उहाँले जे भन्यो त्यही हुन्छ । बोल्न पनि दिनु हुन्न । बोलेझैँ गरे त्यसको पत्ता साफ हुन्छ,” ओलीले भने ।

आफूले प्रधानमन्त्री बनाएको भोलिपल्टैदेखि प्रचण्डले इमान छाडेको आरोप पनि उनले लगाए । चुनावी तालमेलको सरकार बनाउन नचाहेको र वामपन्थी सरकार ढालेर दक्षिणपन्थीसँग ‘गला जोडेको’ उनको आरोप छ ।

“प्रधानमन्त्री हुनुथ्यो । प्रधानमन्त्री भएको भोलिबाट इमान छाड्नुभयो । बेइमानी सुरु गर्नुभयो,” ओलीले आरोप लगाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *