सिफारिस रोक्न नमिल्ने सल्लाहकारको दाबी : वैशाख २३ वा २९ मा चुनाव गर्न ओलीको प्रस्ताव
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ वा २९ मा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।
संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले वैशाख २३ वा २९ मा चुनावको प्रस्ताव राखेको स्रोतले जनाएको छ ।राष्ट्रपतिका सल्लाहकार लालबाबु यादवले मन्त्रिपरिषदका सिफारिस राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् ।
‘राष्ट्रपति संवैधानिक हुनुहुन्छ, कार्यकारी अधिकार उहाँमा नभएकाले सरकारको सिफारिस रोक्न मिल्दैन, रोकेमा असंवैधानिक ठहरिन्छ, डेड बडीमा साइन गर्न परे पनि उहाँबाट रोकिन्न,’ यादबले भने ।