भोलि सोमवार तीन कम्पनीको साधारण सभा


भोलि सोमवार तीन कम्पनीको साधारण सभा हुदैछ । न्यादी हाइड्रोपावर, धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाले साधारण सभा आयोजना गरेका हुन । न्यादी हाइड्रोपावर लिमिटेडले १५ औं वार्षिक साधारण सभा भोलि सोमवार कार्की ब्याक्वेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी कम्पनीले दिएको हो ।

सभाले गत आवको वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला सञ्चालकसहित दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन् ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १९ देखि चैत ६ गतेसम्म बुक क्लोज गर्ने भएकोे छ । यस बुक क्लोजको आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन योग्य छन् ।

धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न  भोलि सोमवार विशेष साधारण सभा बोलाएका हुन । धौलागिरी लघुवित्तले डिसीआरडिसीको सभाहल उपल्लाचौर, बाग्लुङ्गमा बिहान १० बजे सभा बोलाएको हो भने खप्तड लघुवित्तले होटल नमस्ते, अत्तरीयामा बिहान १० बजे सभा बोलाएको हो ।

सभाले यी दुबै लघुवित्त एक आपसमा मर्ज हुने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, डिडिएका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ । चैत २६ गतेसम्म कायम यी लघुवित्तका संस्थापक र सर्वसाधारण शेयरधनीहरुले विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *