कालिञ्चोक हाइड्रोपावरले आईपीओ जारी गर्ने


कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनी ६ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । उक्त आईपीओ  निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङलाई नियुक्त गरिएको छ ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कम्पनी अध्यक्ष इन्दिरा पन्त र आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका–८ मा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *