मेसीको आफन्तले सञ्चालन गरेको सुपरमार्केटमा आक्रमण


फुटबल खेलाडी लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् ।

बन्दुकधारीको समूहले मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको रोजारियो सहरस्थित युनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरेको जनाइएको छ ।

गोली प्रहार गरेपछि आक्रमणकारीले लिखित सन्देश छाडेका थिए । सोही सन्देशमा मेस्सीलाई आक्रमणको धम्की दिइएको हो । राजधानी ब्यूनस आयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा रोजारियो शहर अवस्थित छ ।मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा लेखिएको छ, “मेस्सी १ हामी तिमीलाई पर्खिरहेका छौँ, (मेयर) जाभकिन पनि लागूऔषध तस्कर हो, उसले तिम्रो ख्याल गर्दैन ।”

रोजारियोका शहरका प्रमुख पाब्लो जाभकिनले लागूऔषध सम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै सङ्घीय अधिकारीहरूको आलोचना गरेका छन् ।मेस्सीलाई धेरै अर्जेन्टिनीले महान् फुटबल खेलाडीका रूपमा सम्मान गर्छन् । छत्तीस वर्षपछि उनको नेतृत्वमा अर्टेन्टाइन राष्ट्रिय टोलीले गत डिसेम्बरमा विश्वकप प्रतियोगिता जितेपछि उनीप्रतिको सम्मान अझ बढेको छ ।

मेस्सी हाल फ्रान्सको पेरिस सेन्ट–जर्मेन क्लबबाट फुटबल खेलिरहेका छन् ।धेरै समय उनी विदेशमा नै बिताउँछन् । यद्यपि उनी बेलाबेला रोजारियो पनि जाने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *