अव्यवस्थित तार हटाउन ललितपुर महानगरको अल्टिमेटम


ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन १० दिने अल्टिमेटम दिएको छ ।

महानगरका मेयर चिरिबाबु महर्जनले पहिलो चरणअन्तर्गत सम्पदा क्षेत्रका तार १० दिन भित्र हटाउन अल्टिमेटम दिएका हुन् ।१० दिनभित्र अव्यवस्थित तार नहटाए महानगर आफैले काट्ने मेयर महर्जनले बताए । महानगरले तार हटाउन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन (आईएसपीए) लाई जिम्मा लगाएको छ ।

सम्पदा क्षेत्रभित्रका अव्यवस्थित तारकै कारणले गर्दा आफू लज्जित हुनुपरेको मेयर महर्जनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *