रेल दुर्घटना हुँदा ग्रीसमा ३६ जनाको मृत्यु
ग्रीसमा मङ्गलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ७२ जना घाइते भएको बीबीसीले जनाएको छ ।
ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मङ्गलबार साँझ तीन सय ५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल अर्को मालवाहक रेलसँग ठोक्किँदा दुर्घटना भएको भएका ग्रीसको अग्नि नियन्त्रण सेवाले जनाएको छ ।ग्रीक फायर सर्भिसका प्रवक्ता भासिलिस वार्थाकोगियानिसले एक सय ९४ यात्रुलाई सुरक्षित रूपमा थेसालोनिकी लगिएको सीएनएनले जनाएको छ ।