ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकमा जानु ठूलो कुरा होइन

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको आरोप लगाएका छन् ।काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले जनयुद्ध, सहिद तथा घाइते परिवारलाई धोका दिँदै आएका प्रचण्डले आफूलाई पनि धोका दिएको आरोप लगाएका हुन् ।
आफूले ८० सिट हुँदापनि पदको लोभ नगरेको तर प्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरेको ओलीको भनाइ छ । प्रचण्डले एउटा भाषा बोल्ने र काम अर्कै गर्दै आएको समेत बताए ।
‘ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकमा जानु ठूलो कुरा होइन,’ अध्यक्ष ओलीले भने ।