नेपाल राष्ट्र बैंकले १२.५० प्रतिशत व्याजदरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने


राष्ट्र बैंकले ५ वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । बैंकले फागुन १४ गतेदेखि ५० करोड रुपैयाँ बराबरका वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ जारी गर्न लागेको हो ।

साे बचतपत्रको ब्याजदर १२.५० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले फागुन १४ गतेदेखि चैत्र ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलकु बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफ वा आफ्नो परिवारको सदस्य (बुबा,आमा, श्रीमान्, छोरा, छोरी मात्र) को नाममा खरिद गर्ने सक्नेछन् । राष्ट्र बैंकका अनुसार सो बचतपत्रको ब्याजदर ६/६ महिनामा भुक्तानी हुनेछ । उक्त व्याज खरिदका लागि रकम बुझाएकै मितिदेखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने छ । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनुपर्नेछ । नखुलाएको प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र दिइने बैंकले जनाएको छ । रीतपूर्वक पेश नभई अस्वीकृत भएका आवेदनसाथ जम्मा हुन आएको रहकम बिना ब्याज निष्काशन मितिको ७ दिन भित्र फिर्ता गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *