काठमाडौं उपत्यकाभित्रका केही सडक खण्डमा सवारीको गति निर्धारण
काठमाडौं उपत्यकाभित्रका केही सडक खण्डमा सवारीको गति निर्धारण गरिएको छ। सवारी साधनको अधिकतम गति सीमा निर्धारण गरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जानकारी दिएको छ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धि व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि गति निर्धारण भएको प्रहरीले जानकारी दिएको छ।
कलंकी-कोटेश्वर सडक खण्डको फास्ट ट्रकमा ५० किलो मिटर प्रतिघण्टा र सर्भिस ट्रायकमा २० किलोमिटर प्रतिघण्टा गति तोकिएको छ। त्यस्तै कोटेश्वर-भक्तपुर सडक खण्डमा ५० किलोमिटर प्रतिघण्टा तोकिएको छ।
साथै, उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सीमा तोकी सोही स्थानमा गति सीमाका बोर्डहरू समेत राखिएको प्रहरीले जानकारी दिएको छ।