ब्रोकर शाखा खोल्नेबारे नयाँ निर्देशिका सार्वजनिक


नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल (ब्रोकर) शाखा खोल्ने सम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । सेबोनले ब्रोकर शाखा खोल्ने सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको हो ।

उक्त निर्देशिका अनुसार धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्न चाहेमा त्यसका लागि तोकिएको कागजातसहित बोर्डमा निवेदन दिनु पर्नेछ । निवेदन दिँदा धितोपत्र दलाल व्यवसायीले एक पटकमा एउटा मात्र शाखा कार्यालय खोल्नका लागि निवेदन दिन सक्नेछन् ।

शाखा खोल्न बोर्डले स्वीकृती दिएको मितिले तीन महिनाभित्र शाखा कार्यालय खोली सञ्चालनमा ल्याउनु पर्नेछ । शाखा कार्यालय सञ्चालन गर्नु पूर्व कम्तिमा सात दिन अगाडी बोर्डलाई जानकारी गराउनु पर्ने निर्देशिकामा उल्लेछ ।

ब्रोकरको शाखा कार्यालय खोल्दा प्रति शाखा एक करोड ५० लाख रुपैयाँका दरले पुँजी कायम गर्नु पर्ने निर्देशिकामा भनिएको छ । यसका साथै, शाखा कार्यालय खोल्न चाहाने धितोपत्र दलाल व्यवसायीले काठमाडौं उपत्यका बाहिर कम्तिमा तीन् वटा शाखा खोलेपछि मात्र काठमाडौं उपत्यका भित्र शाखा खोल्न सक्ने नयाँ निर्देशिकामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *