निजी क्षेत्रसँगको सहकार्यबिना आर्थिक क्षेत्रको समस्या समाधान सम्भव छैन


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँगको सहकार्यबिना आर्थिक क्षेत्रका समस्या समाधान गर्ने ठाउँमा पुग्न नसकिने बताएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उनले भने, “निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी नबनाइकन देश आर्थिक क्षेत्रका समस्या समाधान गर्ने ठाउँमा जान सक्दैन । मेरो जोड यसैमा छ ।” प्रचण्डले यसपटक आफूलाई असफल हुने छुट नभएको बताए । अर्थतन्त्रमा देखिएको संकटलाई समाधान तथा सुशासन र समृद्धिको अभियानमा सफल हुनैपर्ने बताए ।

“योपटक हामीलाई असफल हुने छुट छैन । राष्ट्र र जनताका पक्षमा अर्थतन्त्रमा देखिएको संकटलाई समाधान गर्ने पक्षमा सुशासनको पक्षमा र समृद्धिको नयाँ अभियानमा हामी सफल हुनैपर्दछ,” उनले भने, “त्यसका निम्ति तपाईं हामी सबैको सामूहिक पहल चाहिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *