नाइजेरियामा बन्दुकधारीको आक्रमणमा पाँच प्रहरीको हत्या


नाइजेरियाको उत्तरी नाइजर राज्यमा नागरिकमाथि आक्रमणको प्रयास गर्दा सुरक्षाकर्मीहरूले जवाफी कारबाही गर्दा पाँच प्रहरीको मृत्यु भएको छ ।

नाइजरका प्रहरी प्रवक्ता वासिउ अबियोदुनले शनिबार प्रहरी र सेनाको संयुक्त टोलीले उक्त राज्यको गुरारा स्थानीय सरकारी क्षेत्रको एउटा गाउँ नजिकै बन्दुकधारीहरूले स्थानीयहरुलाई आक्रमण गर्ने प्रयास गरेको थाहा पाएपछि सो प्रत्याक्रमण गरिएको हो ।प्रहरीका अनुसार सो आक्रमणमा केही बन्दुकधारी मारिएका छन् भने केही गोली लागेर भागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *