नेप्सेमा थपियो एक करोड भन्दाबढि कित्ता बोनस शेयर
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक करोड भन्दा बढि किता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेले ग्लोबल आईएमई बैंक र नेशनल लाईफ इन्स्यारेन्स कम्पनीको एक करोड ३१ लाख ९१ हजार ४६३ दशमलव २३ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार ग्लोबल आईएमई बैंकको ३ प्रतिशत बोनस शेयरपछिको ७१ लाख ३८ हजार ७२६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । त्यस्तै, र नेशनल लाईफ इन्स्यारेन्सको १५ प्रतिशत बोनस शेयरपछिको ६० लाख ५२ हजार ७३७ दशमलव २३ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यी दुवै कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिनेछ । नेशनल लाइफ इन्स्योरेन्सले मङ्सिर १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै ग्लोबल आइएमई बैंकले मङ्सिर २३ गते सम्पन्न साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।