विवेकशील साझाको अध्यक्षमा बाँस्कोटा,महासचिव रञ्जु दर्शना


विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा सर्वसम्मत चयन भएकी छिन्। काठमाडौंमा शनिबार सम्पन्न पहिलो महाधिवेशनबाट उनी सर्वसम्मत रुपमा चयन भएको पार्टी स्रोतले जनाएको छ।यस्तै, उपाध्यक्षमा प्रकाश परियार, मिलन पाण्डे र विमला अधिकारी चयन भएका छन्।महासचिवमा रञ्जु दर्शना तथा सचिवमा पवित्रा थापा, विमला तामाङ र समुन्द्र केसी चयन भएका छन्।

त्यस्तै, पार्टीको कोषाध्यक्षमा दामोदर नेपाल निर्वाचित भएका छन्। यी सबै सर्वसम्मत रुपमा चयन भएको बताइएको छ। पार्टीमा ६१ जना केन्द्रीय सदस्य रहनेछन्।

गत मंसिरमा रवीन्द्र मिश्रले राजीनामा दिएपछि बाँस्कोटालाई अध्यक्ष चयन गरिएको थियो। अहिले उनैलाई निरन्तरता दिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *