भुटान यही वर्ष अतिकम विकसित मुलुकबाट बढुवा हुने
भुटान यही वर्ष अतिकम विकसित मुलुकबाट बढुवा हुने भएको छ । भुटानी अधिकारीलाई उद्धृत गर्दै द भुटान लाइभले जनाएअनुसार यही वर्षको जुन महिनामा अतिकम विकसित मुलुकबाट बढुवा हुने अपेक्षा गरिएको छ ।
भुटानी अर्थ मन्त्रालयका अधिकारीले कोरोना महामारीका कारण ठूलो क्षति पुगेपनि यही वर्षको जुन महिनामा बढुवा हुने अपेक्षा गरिएको बताएका छन् । स्थीर संक्रमणकालीन रणनीति अवलम्बन गर्ने मुलुकहरु अतिकम विकसितबाट बढुवा हुने गरेका छन् ।
यसका लागि भुटान सरकारले वृहद अर्थशास्त्रीय स्थीरता, उत्पादन स्थान विविधीकरण र विपद सहनशीलतालाई संक्रमणकालीन रणनीति बनाएको छ ।
अधिकारीहरुले भने भुटान अतिकम विकसित मुलुकबाट बढुवा भएपनि अन्तर्राष्ट्रिय सहयोगमा कुनै प्रभाव नपर्ने स्पष्ट पारेका छन् ।
एसियामा अतिकम विकसिम मुलुकहरु भुटान र नेपालसँगै बंगलादेश, म्यान्मार, अफगानिस्तान, कम्बोडिया, लाओस, टिमोर लेस्ते र यमन रहेका छन् ।