नायिका करिष्मा मानन्धर किन पुगिन् साइबर व्युरो ?


नायिका करिष्मा मानन्धरले आफूविरुद्ध भ्रामक हल्ला फैल्याएको भन्दै साइवर व्युरोमा उजुरी दिएकी छन् । सुरुमा आफूले यो समाज नै यस्तै हो भनेर सहेर बसे पनि अति भए पछि साइबर व्युरोमा उजुरी गरेको करिष्माले बताएकी छन् ।

“उहाँ को हो ? यो अति भयो । भैहाल्यो भनेँ । कलाकारलाई यस्तै भन्छन् भनेर सहेँ,” करिष्मा सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “हेरुँ, नेपालको कानुन कतिको बलियो छ । प्रेम दाइ भन्नुस् म कसरी बसेको थिएँ ? लिभिङ टुगेदर ?” सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग करिष्मा अमेरिकामा बस्दा लिभिङ टुगेदरमा बसेको कलाकारसमेत रहेका डिल्लीराम खनालले बताएका थिए ।

आफू हिन्दु भएको र यो विचारलाई विश्वास नगर्ने व्यक्ति भएको पनि उनको भनाइ छ । उनले हामी कस्तो खालको समाज निर्माण गरिरहेका छौँ भनेर पनि प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *