राष्ट्रिय सहमति अहिलेको आवश्यकता : सीके राउत


जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सीके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताएका छन् ।

बाराको कलैयामा मंगलबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको खोजी भइरहेको बताए । उनले मधेस प्रदेशमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो बनाउने गरी काम गरिरहेको उल्लेख गरे । अन्य मधेसकेन्द्रित दलले सत्ता र शक्तिका लागि मात्र राजनीति गरेको उनले आरोप लगाए । भने, “मधेसी जनताको भवनामाथि खेलबाड गर्ने काम मात्र हुँदै आएको छ । अब जनमत पार्टी मधेसी जनताको भावनाअनुसार अगाडि बढ्छ ।”

सो अवसरमा अध्यक्ष राउतले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्नका लागि सङ्घीय र प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई निर्देशन दिए । सङ्घीयता कमजोर पार्ने खेल हुन थालेको उल्लेख गर्दै उनले त्यसतर्फ आफ्नो पार्टी सचेत रहेको बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामबाबु साह, सुनिल यादव, रौसन खातुन, गजानन्द यादव, सन्तोष पटेल, राजेश साहलगायतले आ–आफ्नो धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *