एमालेको केन्द्रिय समिति बैठक माघ २९ गते बस्ने


निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रिय समितिको पाँचौँ बैठक यही माघ २९ गते बस्ने भएको छ ।

गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेको केन्द्रिय समितिको बैठक पहिलो पटक बस्न लागेको हो ।

एमालेका केन्द्रिय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठकमा मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र साङ्गठिनक सुदृढीकरणबारे छलफल हुने जानकारी दिए ।

सो पार्टीको केन्द्रिय कार्यालय बैठकले केन्द्रिय समितिको बैठक माघ २९ र फागुन १ गते तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्ने निर्णय गरेको हो ।

त्यसैगरी पार्टीको सचिवालय बैठक यही माघ २६ गते बस्ने भएको तय भएको छ । एमालेको केन्द्रिय कमिटीको चौथो बैठक गत भदौ १० र ११ गते बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *