एमालेको खल्तीबाट राष्ट्रपति बने लोकतन्त्र दुर्घटनामा पर्ने निश्चित : महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले)को ‘खल्ती’बाट नयाँ राष्ट्रपति चुनिए संविधान र व्यवस्था दुवै दुर्घटनामा जाने बताएका छन् ।

शनिबार बारामा आयोजित एक कार्यक्रममा उनले एमालेबाट बन्ने राष्ट्रपति संविधानको पालक र रक्षकभन्दा अध्यक्ष केपी शर्मा ओलीको आदेशपालक हुने भन्दै त्यसले दुर्घनामा पु¥याउने जिकिर गरे ।

“हिजो एमालेले दिएको राष्ट्रपतिले संविधानले दिएको जिम्मेवारी निर्वाह नगरेको र संविधानले नदिएको काम गरेको हामीले देखेका छौँ,” महामन्त्री थापाले भने, “अब पनि एमालेकै खल्तीबाट बहुमतका नाममा राष्ट्रपति बनाए फेरि पनि ओलीको आदेशपालक बन्दा संविधान र व्यवस्था दुर्घटनामा जान सक्छ ।”

उनले भर्खरै आएको व्यवस्थाविरुद्ध विषवमन गर्ने र प्रश्न उठाएर जनतामा भ्रम फैलाउने काम भइरहेको पनि बताए ।लोकतान्त्रिक गणतन्त्रका विपक्षमा मत राख्नेहरूलाई एमालेले बोकेर हिँडिरहेको उनको टिप्पणी थियो । एमालेको हिजोका व्यवहारले संविधान र लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धतामा संशय उत्पन्न गराउने उनले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *