माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै,विभागले पूर्णता पाउने


सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटिको बैठक बुधबारसमेत बस्दैछ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकबाट ‘सहमतिको आधारमा राष्ट्रपति चयन तथा सर्वोच्च अदालतका पूर्ण पाठ नपाएसम्म रवि लामिछानेलाई पुनः गृहमन्त्री दिन नहुने’ म्यान्डेट पाइरहेको बेला सो बैठक बस्न लागेको हो।

माओवादीको जारी बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी विभागलाई पूर्णता दिने विषयमा बुधवारदेखि छलफल हुने छ।

माओवादीले पार्टी स्थायी समिति सदस्य र पोलिटब्यूरो सदस्यलाई विभागको जिम्मेवारी दिन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *