सर्वसाधारणलाई सुपारमाई हाइड्रोपावरको आइपिओ आउँदै


सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात् यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित दरमा ४ लाख १५ हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)का रुपमा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ५० करोडको १० प्रतिशतले हुने ५ करोड रुपैयाँ मूल्य बराबरको कूल ५ लाख कित्ता साधारण सेयरमध्ये ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र १० हजार कित्ता कर्मचारीलाई छुट्याइ सकेको छ । साथै बाँकी ४ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले निष्कासन गरेको शेयरमा लगानीकर्ताले छिटोमा यही माघ २६ सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी फागुन ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *