जिहादी समूहको आक्रमणमा बुर्किना फासोमा १८ जनाको मृत्यु


बुर्किना फासोमा संदिग्ध जिहादी समूहको दुई भिन्नाभिन्नै आक्रमणमा परी सेनालाई सहयोग गर्ने १६ सहयोगीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सुरक्षा स्रोतले शुक्रबार जनाएको छ ।

देशको उत्तर र उत्तरपश्चिममा बिहीबार भएको आक्रमण जिहादीविरुद्ध सात वर्षसम्म चलेको लडाइँमा सेनालाई सहयोग गर्ने एक नागरिक बलमाथि भएको पछिल्लो आक्रमण हो ।पश्चिम अफ्रिकाको भूपरिवेष्ठित बुर्किना फासो विश्वको सबैभन्दा गरिब र सुरक्षाका हिसाबले विश्वको अस्थिर राष्ट्रमध्ये एक हो ।

बुर्किना फासो सन् २०१५ देखि अलकायदा र इस्लामिक स्टेट समूहसँग सम्बद्ध जिहादीहरूको नेतृत्वमा भएको विद्रोहसँग जुधिरहेको छ । द्वन्द्वका कारण दशौं हजारको मृत्यु भएको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् ।उत्तरी प्रान्त बामाको राकोएगटेंगामा रहेको ‘भोलेन्टियर्स फर द डिफेन्स अफ द फादरल्याण्ड (भीडीपी)’ को अग्रदस्ता लक्षित गरी बिहीबारको पहिलो आक्रमण भएको भीडीपीका एक अधिकारीले बताएका छन् ।

आक्रमणमा परी छ नागरिक सहयोगी र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।अधिकारीका अनुसार उक्त घटनामा करिब १० जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ र उनीहरूलाई उचित हेरचाहका लागि वागादुगु लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *