निर्वाचनको मुखमा ७ हजार व्यक्ति तथा कम्पनी कालोसूचीमा
चालु आर्थिक वर्षको कात्तिक महिनामा ७ हजारभन्दा बढि व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । यस अवधिमा तीन सहकारी सहित ७ हजार ९२६ व्यक्ति तथा कम्पनीहरु कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रले समयमा ऋण तिर्न नसकेको भन्दै यहि यस अवधिमा सो बराबरको ऋणीलाई कालोसूचीमा परेका हुन ।
केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरू कालोसूचीमा राख्ने गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको संख्या बढ्दो क्रममा रहेको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ ।
केन्द्रले प्रकाशित गरेको तथ्यांक अनुसार यस अवधिमा कृषि फार्मदेखि होटल, सहकारी, उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेको देखिन्छ । त्यस्तै, उद्यमी, मार्ट, खुद्रा पसलेदेखि निर्माण व्यवसायीहरूसमेत यस अवधिका कालोसूचीमा परेका हुन् ।
यस अवधिमा अनुसार कालोसूचीमा पर्ने सहकारीहरुमा आस्था सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, हिँउचुली सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र मेगा ड्रिम बहुउद्देश्यीय सहकारी रहेका छन् । केन्द्रका अनुसार आस्था सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकका अनिल खडका र जीवन बुढाथोकी रहेका छन् । हिँउचुली सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकहरुमा आशाराम गुरुङ, हिताराम गुरुङ, जांमु शेर्पा, लिलामाया गुरुङ, मान बहादुर गुरुङ, नवराज गुरुङ र तीर्थ बहादुर गुरुङ रहेका छन् । त्यस्तै, मेगा ड्रिम बहुउद्देश्यीय सहकारीका सञ्चालकहरुमा अन्जेला खत्री, महाशंकर रेग्मी र रविन कुमार कार्की रहेका छन् ।
त्यस्तै, यस अवधिमा शुभलक्ष्मी ट्रेडर्स, श्री भिमेशवर इन्टरप्राइजेज, मनकामना ज्वलर्स, फेमिली मिट कम्पनी, आस्था सेभिङ एण्ड क्रेडिड कोअपरेटिभ लिमिटेड, चौरी देउराली उत्थान कृषक समूह र माता पाथिभरा हार्डवेयर पसल कालोसूचीमा परेका छन् । यससंगै यस दिन ९४ व्यक्ति, व्यापारी तथा कम्पनी कालोसूचीमा परेका छन् ।
त्यसैगरी, ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्राली पनि कालोसूचीमा परेको छ । जसको सञ्चालक दिपेश लामा र पूर्णबहादुर तामाङ रहेको कर्जा सूचना केन्द्रले जनाएको छ । त्यस्तै, यस दिन मिडिक्स मेडिकल सप्लायर्स, अल पसल पब्लिक लिमिटेड, रेटिना गार्मेन्ट इन्डष्ट्रिज र गणेबहादुर बस्नेतसहित एक सय व्यक्ति तथा कम्पनी कालोसूचीमा परेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, सत्यनारायण चौधरी, महालक्ष्मी वासिङ उद्योग, न्यू आकाश जनरल स्टोर, गोदावरी इन्टरनेशनल प्राइभेट लिमिटेड, दिर्घायू बहुउद्देश्य कृषि प्रालि, र गुरास इन्टरनेशनल प्राइभेट लिमिटेडलगायत ऋणी कालोसूचीमा परेका छन् ।
केन्द्रका अनुसार सोही अवधिमा वल्र्ड ट्रेड कन्ट्रक्सन कम्पनी, प्रतिष्ठा कन्ट्रक्सन प्रालि, अनेष्ट कन्ट्रक्सन प्रालि, अमन एण्ड ईशा कन्ट्रक्सन प्रालि, बिन्दु हार्डवेयर एण्ड स्यानीटरी सप्लायर्स, हिमालयन इन्फ्रास्टक्चर एण्ड कन्ट्रक्सन प्रालि र जंगल इभेन्ट रेष्टुरेन्ट प्रालि पनि कालोसूचीमा परेका छन् ।
त्यसैगरी, गन्तव्य हस्पिटल एण्ड रिसर्च सेन्टर, जय हनुमान कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, न्यु कर्णाली जुत्ता चप्पल उद्योग, जानकी निर्माण सेवा उद्योग, दि कन्चनजंघा कन्ट्रक्सन कम्पनी प्रालि, नेपाल इन्भेष्मेन्ट एण्ड एसेट्स म्यानेजमेन्ट प्रालि, विशाल इन्ज्टेग्रेटेड इकोलोजीकल एण्ड एग्रो टुरिजम र हेल्पिङ एण्ड मोटिभेशन राइजिङ अन ग्रुप अफ कम्पनी, पनि कालोसूचीमा परेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
केन्द्रका अनुसार नागार्जुन कन्ट्रक्स कम्पनी, लाल दरबरा लज एण्ड रेष्टुरेन्ट, अुन मल्टीप्रपोज कन्ट्रक्सन, ओजोक क्याफे एण्ड लज, न्यु पशुपती इलेक्ट्रोनिक एण्ड मोबाइल सर्भिस, पे्रसिडेन्सियल इमिग्रसन प्रालि, नेपाल इकोनोमिक डेभलपमेन्ट इन्भेष्टमेन्ट कम्पनी प्रालि र साइनाथ सिद्धबाबा इट्टा उद्योग पनि सोही अवधिमा कालोसूचीमा परेका छन् ।