तीन महिनामा मिर्मिरे लघुवित्तले कमायो करिब ३ करोड नाफा


चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. २ करोड ८२ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिसम्म कम्पनीले ४९ दशमलव ३९ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५ करोड ५८ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि खुद नाफाको अनुपातमै घटेको छ । कर्मचारी खर्चसँगै इम्पेरमेन्ट चार्ज बढ्दा कम्पनीको सञ्चालन नाफा घट्द गएको हो । गत वर्ष रू. ७ लाखभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष रू. २७ लाखभन्दा बढी रहेको छ । कम्पनीको सञ्चालन नाफा भने गत वर्ष पहिलो त्रैमाससम्म रू. ७ करोड ९७ लाखभन्दा बढी भएकोमा यस वर्ष रू. ४ करोड ३ लाखभन्दा बढी भएको हो । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ३८ लाखभन्दा बढी रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ५३ करोड १२ लाख ५ हजार रहेको छ । रिटेन्ड अर्निग रू. २२ करोड २७ लाखभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम रू. ३० करोड ३१ लाखभन्दा बढी रहेको छ ।कम्पनीले यो तीन महिनामा रू. २ अर्ब ७७ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ५ अर्ब ५३ करोडभन्दा बढी कर्जा सापटी लिएको छ । तीन महिनामा कम्पनीले रू. ८ अर्ब ९५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

गत वर्षको पहिलो त्रैमाससम्म २ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ३ दशमलव ४७ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी रू. २१ दशमलव २८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १९९ दशमलव शून्य १ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *