मेरो उमेदवारी अन्तिमपटकका लागि हो : महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसपटक आफ्नो उमेदवारी अन्तिमपटकका लागि रहेको बताएका छन् । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र .नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उमेदवाररी दिएका उनले यसपछि आफूले अब निर्वाचन नलड्ने बताएका हुन् ।
अध्यक्ष ठाकुरले मत माग्ने तथा घरदैलो गर्ने क्रममा मतदातालाई आफूलाई अन्तिमपटकका लागि भोट दिन आग्रह गर्दै आएका छन् ।
यसअघि विसं २०७४ पनि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ठाकुर मधेसको पहिचान र हक–अधिकारसम्बन्धी केही काम गर्न बाँकी रहेकाले त्यही बाँकी काम गर्नका लागि आफूलाई पुनः एकपटक जिताउन जनतासँग आग्रह गर्दै मत मागिरहेका छन् ।मतदाताले विकासको कुरा गर्दा उनले विकासभन्दा पनि कानुन निर्माणका लागि र मधेस तथा मधेसीको हक–अधिकार स्थापित गराउन बढी समय दिने गरेको तर्क गरे ।