पिपुल्स हाइड्रोपावरको आईपीओ आजदेखि जारी


पिपुल्स् हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गते (आज) देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दामा शेयर बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ जारी गरेको हो । सर्वसाधारणमा आईपीओ बाँडफाँट गर्दा वितरण नभएको ८ लाख ६ हजार ३९० कित्ता शेयरसमेत जोडेर कम्पनीले सर्वसाधारण्मा कुल ५६ लाख ६ हजार ३९० कित्ता शेयर वितरण गरेको हो ।

प्रतिकित्ता रू. १०० अंकित दरको कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार १९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । यी वाहेक बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर वेबसाइट र एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *