आदर्श लघुवित्तको नाफा ४७.८३ प्रतिशतले घट्यो


आदर्श लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा ४७.८३ प्रतिशतले घटेको हो ।

उक्त वित्तीय विवरण अनुसार मसान्तसम्ममा लघुवित्तले ३ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ। गत आवको सोही अवधिसम्ममा लघुवित्तले ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको नाफा घट्न पुगेको हो। समिक्षा अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *