आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया बदर गर्न आयोगको निर्देशन


निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सानोठिमी क्याम्पस, भक्तपुरसमेतका क्याम्पसमा निर्वाचन आचारसंहिता, २०७९ लागु भइसकेपश्चात विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन दिएको छ।

आयोगले विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय र उक्त क्याम्पसलाई करार गर्ने प्रक्रिया तत्काल बन्द र बदर गर्न निर्देशन बुधबार दिएको हो। आयोगले उक्त क्याम्पस प्रमुखलाई सो विषयमा स्पष्टीकरण पनि सोधेको छ।

आयोगले आचारसंहिताको दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेको र दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ङ) मा “नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नहुने तर आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग वा शिक्षक सेवा आयोगद्वारा नियमित रुपमा हुने पदपूर्तिसम्बन्धी कारवाही गर्न बाधा पर्ने छैन” भन्ने व्यवस्थाबारे स्मरण पनि गराएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *