नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान


नेशनल लाइफ इन्स्योरेन्स ले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले मङ्सिर १८ गते आइतबार सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  ।  मङ्सिर ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा  भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *