चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म समृद्धि फाइनान्स नोक्सानीमा
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म समृद्धि फाइनान्स कम्पनी लिमिटेडले रू. ३ करोड १४ लाखभन्दा बढी खुद नोक्सानी व्यहोरेको छ । गत वर्ष यस अवधिसम्म रू. २६ लाख ५२ हजार खुद नाफामा रहेको कम्पनी यस वर्ष इम्पेरमेन्ट चार्ज बढ्दा खुद नोक्सानीमा गएको हो ।
गत वर्ष रू. २२ लाखभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष रू. ३ करोड ७८ लाखभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७४ करोड २१ लाखभन्दा बढी छ । शेयर प्रिमियममा रू. २ करोडभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निग रू. ३६ करोड १७ लाखभन्दा बढी ऋणात्मक छ । कम्पनीको जगेडा कोषमा भने रू. १८ करोड २६ लाखभन्दा बढी रकम कायम रहेको छ ।
यस त्रैमाससम्म कम्पनीले रू. १ अर्ब ५१ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. १ अर्ब ६२ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्षको तुलनामा निक्षेप संकलन ७ दमलव ४७ प्रतिशत बढी र कर्जा प्रवाह ३ दशमलव ४४ प्रतिशत बढी भएको हो । गत वर्ष ४ दशमलव ५८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ६ दशमलव शून्य १ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७८ दशमलव ५७ रहेको छ ।