अफ्रिकी संघद्वारा कङ्गोमा युद्धविराम गर्न आग्रह


प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तत्काल युद्धविराम र नागरिकको सुरक्षाका लागि अफ्रिकी संघका नेताले आग्रह गरेका छन् ।

अफ्रिकी सङ्घ (एयू) आयोगका अध्यक्ष मौसा फाकी महामत तथा एयूका वर्तमान अध्यक्ष तथा सेनेगलका राष्ट्रपति म्याकी सलले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तत्काल युद्धविराम र नागरिकको सुरक्षाको प्रत्याभूत गर्न युद्धरत पक्षलाई आग्रह गरेका हुन् ।एयूका दुई अधिकारीले आइतबार साँझ जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा पूर्वी कङ्गोमा सबै पक्षलाई तत्काल युद्धविराम गर्न, अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न आह्वान गरिएको छ ।

विज्ञप्तिमा कङ्गो र यस क्षेत्रका लागि एयूको शान्ति, सुरक्षा र सहयोग फ्रेमवर्कको विद्यमान संयन्त्रका साथै पूर्वी अफ्रिकी समुदायको अन्तर–कङ्गोली शान्ति सम्वादको विद्यमान संयन्त्रभित्र रचनात्मक सम्वादमा सम्लग्न हुन सबै पक्षलाई आह्वान गरिएको छ ।

कङ्गोको पूर्वी भाग दशकौंदेखि विशेष गरी ‘एलाइड डेमोक्रेटिक फोर्सेज’का विद्रोही मिलिशिया समूहहरू र मार्च–२३ को आन्दोलन ९एम–२३० द्वारा समस्याग्रस्त छ ।

फाकी र सलले कङ्गो र छिमेकी रुवान्डाबीचको राजनीतिक सम्बन्धलाई सामान्यीकरण गर्न पनि आह्वान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *