मैले जिते भ्रष्टाचारीका फाइल पल्टाएरै कारबाही गर्छु
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उमेदवार कुन्ती पोख्रेलले भ्रष्टाचारीलाई फाइल पल्टाएरै कारबाही गर्न आफूले चुनाव जित्नुपर्ने बताएकी छन् ।
आइतबार काठमाडौ वडा नं ९ स्थित बत्तिसपुुतलीमा मतदातासँग भेटघाट कार्यक्रममा यस्तो बताएकी हुन् ।
उनले भ्रष्टाचारीहरुलाई उनीहरुको कालो कर्तुत पर्दाफास गरी वषौंदेखि अनधिकृत रुपमा कुम्लयाएको सम्पत्ति राज्यको ढुकुटीमा ल्याउनुपर्नेमा जोड दिइन् ।
यस्ता भ्रष्टाचारीहरुलाई ठाउँको ठाउँ कारबाही गर्न आगामी निर्वाचनमा आफूलाई मत दिन पोख्रेलले आग्रह गरिन् ।