ओलीले लोकतन्त्र र विकासको कुरा गर्दा मान्छेहरु हाँस्छन्


नेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि ‘स्वतन्त्र’ उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘विकास भाष्य’ले नेपालमा अनावश्यक क्षेत्रमा बजेट खर्च भइरहेको बताएका छन्।

एमाले अध्यक्ष ओलीको विकास नीतिलाई ‘भ्यू टावरे विकास’को संज्ञा दिँदै नेता भुसालले लोकतन्त्र र विकासको विषयलाई ओलीले मजाक बनाएको पनि आरोप लगाए। ‘ओलीले लोकतन्त्र र विकासको कुरा गर्दा मान्छेहरु अजकाल हाँस्ने गर्छन्,’ भुसालले भने।

डाँडामा भ्यूटावर बनाउने ओलीको विकासको भाष्यले राज्यको साधनस्रोतको अनावश्यक खर्च हुने भुसालको भनाइ छ। ‘बन्नुपर्ने ठाउँमा बन्दैन, नबन्नुपर्ने ठाउँमा बनिरहेको हुन्छ, यसले हाम्रो जस्तो गरिब मूलुकको गरिब जनताको अनावश्यक खर्च दोहन गर्ने गर्छ,’ भुसालले भने।

अहिलेको चुनावी व्यवस्थाले नै दलहरुबीच गठबन्धन बनाउनुपर्ने अनिवार्य परिस्थिति खडा गरिदिएको बताउँदै भुसालले संविधान जोगाउनको लागी वाम लोकतान्त्रिक गठबन्धन बनेको बताए। भुसालले भने, ‘यो गठबन्धन संविधान जोगाउनेहरुको हो।’

संविधानको व्यवस्थाहरुमाथि आक्रमण गरेर ओलीले संसद् बिघटन गर्दा संविधानको रक्षाको निम्ती गठबन्धन निर्माण भएको भुसालको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *