नवौँ राष्ट्रिय खेलकुद : टेनिसमा गण्डकीलाई स्वर्ण


पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘मेन्स डबल्स’विधाको स्वर्ण आयोजक गण्डकी प्रदेशले जितेको छ। पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय नेपाली सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका हुन्।

गण्डकीका खड्का नेपालको पहिलो वरियताका खेलाडी हुन् भने सेनाका खनाल द्वितीय वरियतामा छन्। खेलको पहिलो सेट गण्डकीले ७-५ सेटले जित्दा दोस्रो सेट भने ४-६ मा गुमायो। निर्णायक ‘सुपरटाइ’मा गण्डकीले १०-८ अङ्कले नतिजा आफ्नो पक्षमा ल्यायो। यसअघि गण्डकी प्रदेशले ‘टिम इभेन्ट’मा पुरुषतर्फ स्वर्ण पदक जितिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *