प्रचण्डले भने- ओनसरीलाई जिताउनुहोस्,विकासे मन्त्री बनाउँछौँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं क्षेत्र-२ मा गठबन्धन उम्मेदवार बनेकी ओनसारी घर्ती मगर भाग्यमानी भएको बताएका छन्। प्रधाननमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा रहेका पूर्व प्रधानमन्त्री पहिलोपटक एकसाथ उपस्थित भएको भन्दै उनले अन्त त्यस्तो स्थिति नहुने बताएका हुन्।
गठबन्धन दलले उम्मेदवारको परिचय गराउने आयोजना गरेको कार्यक्रममा प्रचण्डसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित थिए।
प्रचण्डले विकास गर्न नसक्दा राजनीतिक परिवर्तन नै धरापमा परेको स्वीकारेका छन्।भने, ‘राजनीतिक परिवर्तनलाई दिगो बनाउन विकास निर्माणको योजना अघि नआउँदा राजनीतिक परिवर्तनबारे प्रश्न आउने गरेकै छन्,’यस्तै, प्रतिगमनको खतरा रहेकाले गठबन्धन गरेर चुनावमा जानुपर्ने बाध्यता भएको प्रचण्डको भनाइ छ।
‘अहिले प्रतिगमनको खतरा आउने कुरा भएकाले त्यही कारणले गठबन्धन बनाएर जानुपर्ने भयो,’ प्रचण्डले भने।गठबन्धनको समर्थनमा काठमाडौं-२ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ ओनसरी कुसल नेता भएको प्रचण्डको भनाइ थियो। उनले घर्तीले सभामुखको जिम्मेवारी कुशलताका साथ सम्पन्न गरेको समेत बताए।
‘उहाँले पार्टीले जिम्मा दिए लड्छु भन्नुभयो। उहाँलाई काठमाडौं २ भागमा पर्यो। उहाले प्रतिवद्धता पुरा गर्नुहुन्छ,’ प्रचण्डको भनाइ छ।प्रचण्डले घर्तीलाई जनताले चुनावमा जिताए पठाए विकासे मन्त्री बनाउने घोषणासमेत गरे।’तपाईंलाई के भन्न चाहन्छु भने जिताएर पठाउनुस, राम्रो एउटा विकासे मन्त्री बनाएर पठाउने छु,’ उनले भने।सो कार्यक्रममा ओनसारीले आफूले जिते जोरपाटी-साँखु सडकका साथै मूलपानी क्रिकेट स्टेडियम र अन्य भौतिक पूर्वाधार निर्माण गर्ने घोषणा गरेकी थिइन्।